होमवर्क नगरेको निहुँमा कक्षा तीनमा अध्ययनरत छात्रलाई निर्घात कुटपिट ।
झापा
झापामा संस्थागत विद्यालयका गुरूले होमवर्कको निहुँमा कक्षा तीनमा अध्ययनरत एक जना छात्रलाई निर्घात कुटेका छन्।
विर्तामोड-५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलको कुटाइबाट ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनाको तिघ्रा, गाला र डढेल्लोमा सुम्लो बसेको छ।
घटनाको पुष्टि गर्दै विद्यालयका प्रध्यानाध्यापक मिलन श्रेष्ठले विद्यार्थी कुट्ने शिक्षकलाई झापाका कुनै पनि विद्यालयमा पुनस् रोजगार नमिल्ने गरी हटाइएको बताए।‘शिक्षकबाट गल्ती भयो। विद्यालय प्रशासनले घटना स्वीकार गर्दे प्याब्सन र एन प्याब्सन झापामा आवद्ध कुनै पनि विद्यालयमा रोजगारी नपाउने गरी अवकाश दिएका छौं,’ उनले भने।
विद्यार्थीकी आमा अञ्जनाले कक्षा कोठामा सोधेको र होमवर्क नमिलाएको भन्दै आफ्नो नानीलाई असामान्य ढंगबाट कुटपिट गरिएको बताइन्।
शिक्षकले माफी माग्नुपर्ने र कानुनी कारबाही भोग्नुपर्ने माग परिवारले राखेका थिए। तर, वडा सदस्य लक्ष्मी बाँस्कोटाले विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च विद्यालय प्रशासनले व्यहोर्ने, कुटपिट गर्ने शिक्षकलाई बर्खास्त गर्ने, विद्यालयमा यस्ता घटना दोहरिन नदिन अभिभावक र शिक्षकबीच पाक्षिक रूपमा छलफल गर्ने सहमति भएको बताए।
विद्यालय प्रशासनले विद्यार्थीको चालु शैक्षिक सत्रको कुनै पनि शुल्क नलिने पीडित परिवारसँग राखेको प्रस्ताव भने अभिभावकले अस्वीकार गरेका छन्। विद्यार्थी पिट्ने शिक्षक पोख्रेल इलामका स्थायी बासिन्दा हुन्। उनी चारालीमा डेरामा बस्दै आएका थिए।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


