मुटुको समस्याका कारण सर्जियो एगुरोले लिए खेल जीवनबाट सन्यास ।

बार्सिलोना सर्जियो एगुरोले बुधबार खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका छन् । बार्सिलोनासँग आबद्ध रहेका अर्जेन्टिनी खेलाडीले मुटुको समस्याका कारण खेल जीवनबाट बिदा लिएका हुन् । खेल जीवनबाट टाढिए पनि उनले फुटबलसँगको आबद्धता भने कायम रहने बताएका छन् ।

उनी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग कुनै न कुनै रूपमा जोडिने पनि बताएका छन् । उनकै निर्णायक गोलको मद्दतमा सिटीले सन् २०१२ मा प्रिमियर लिग उपाधि जितेका थिए । उनले सिटीका लागि एक दशकभन्दा बढी समय बिताएका थिए । उनी यसै वर्ष मात्र बार्सिलोना गएका थिए । बार्सिलोनाकै लागि खेल्ने क्रममा उनमा स्वास प्रस्वासको समस्या आएको थियो । त्यसपछि गरिएको गहन परिक्षणमा एगुरोको मुटुमा समस्या देखिएको थियो । चिकित्सकले उनलाई खेल जीवन त्याग्न सल्लाह दिएका थिए ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP