भीरबाट लडेर दुई जनाको मृत्यु ।
बागलुङ:
बागलुङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।
बडिगाड–२ जिमीका २४ वर्षीय कमलगिरी र सल्यानको कपुरबोट गाउँपालिका–६ कपुरबोट घर भई हाल बरेङमा सडक निर्माणको कामगर्दै आएका ५५ वर्षीय तिलबहादुर महतराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीका अनुसार गिरीको पाइपलाइनको काम गरेर फर्कने क्रममा गोरेटो बाटोबाट ३५ मिटर तल भिरमा लडेर मृत्यु भएको हो । महतराको आफू बस्ने क्याम्पनजिकै सानखोलामा शव भेटिएको प्रहरीले जनाएको छ । उनी भिरबाट खसेको अवस्थामा भेटिएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


