वालिङमामा अधिवेशन तथा विश्व सम्मेलन हुने
स्याङ्जा :
स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको चौथो विश्व सम्मलेलन तथा सातौँ अधिवेसन सोमबार वालिङमा हुने भएको छ । स्याङ्जामा जन्मेर रोजगारका लागि विभिन्न मुलुक पुगेका स्याङ्जालीहरुको संस्था स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिले भोली सम्मेलन तथा अधिवेसन गर्ने आईतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मूल नाराका आयोजित सम्मेलनको गण्डकी विश्वविद्यालयका कुलपती डा.गणेशमान गुरुङले उद्दघाटन गर्नुहुँनेछ । सम्मेलनमा विश्वका विभिन्न मुलुकमा छरिएर स्याङ्जालीहरुको भौतिक तथा भर्चुवल सहभागिता रहनेछ ।
नका अनुसार, जापान, अमेरिका, स्पेन, यूएई, यूके, कतार, दुबई लगायत १९ वटा विभिन्न देशका प्रतिनिधिहरु गरी ३०० जनाको सहभागिता रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । प्रवासमा रहेका स्याङ्जाबासी युवाहरुले सोही सामाजिक संस्थामार्फत जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएको छ ।
कोभिडको समयमा विभिन्न स्वास्थ्य सामाग्री तथा ११ वटै पालिकामा अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर सहयोग गरेको समाजले जिल्लामा दुख तथा विपत्तिमा सहयोग गर्दै आएको संस्थाका महासचिव हेमन्त रानाभाटले जानकारी दिनुभयो । विदेशमा कमाएको रकम आफ्नै गृहजिल्लामा संयुक्त लगानी गर्ने योजनाका साथ अगाडि बढेको समाजले बहुउद्देश्यीय सहकारी मार्फत कृषिका क्षेत्रमा योगदान पु¥याउने लक्ष्य लिएको समाजका प्रमुख सल्लाहकार खेमनारायण काफ्लेले जानकारी दिनुभयो ।
महाधिवेशनले २ वर्षे कार्यकालको समीक्षासहित नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो । कोभिडको समयमा अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पीडित तथा विभिन्न घटनामा ५० लाख भन्दा बढिको सहयोग गरेको संस्थाले जनाएको छ ।
महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति र उपसमिति समेत गठन गरेर तयारी पुरा गरिएको समाजले जनाएको छ । कार्यक्रममा विदेशबाट फर्केका युवाहरुलाई आफ्नै गृहजिल्लामा लगानी गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिईएको थियो । स्याङ्जाबाट रोजगारका लागि विदेसिनेको संख्या धेरै छ । २०६८ को तथ्यांक अनुसार यहाँबाट विदेशमा जानेको संख्या ४० हजार भन्दा बढी छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


