वालिङ ११ मा काँग्रेसको वडा कार्यालय उद्घाटन्
स्याङ्जा :
नेपाली काँग्रेस वालिङ ११ ले वडा कार्यालयको उद्घाटन तथा शुभ दिपावली, छड्, इद् तथा ल्होसार पर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेस वालिङ ११ वडा समितिको आयोजनामा कार्यालयको उद्घाटन र शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । १४ औं महाधिवेसन पछि बनेको नयाँ समितिले वडा कार्यालय स्थापना गरी मंगलवार उद्घाटन कार्यक्रमको आयोजना गरेको थियो । वडा कार्यालयको नेपाली काँग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले उद्घाटन गरेर शुभारम्भ गरेका छन् ।
वडा कार्यालयको उद्घाटन गर्दै नगर सभापति पाण्डेले विकास र सांगठानिक गतिविधि संगसंगै लैजानुपर्ने बताए । विगतका समयमा पार्टी नेतृत्व र जनप्रतिनिधिको तालमेल नहुँदा विकास र सांगठानिक गतिविधि कमजोर रहेको नजिर व्यक्त गर्दै सभापति पाण्डेले अब विकास र संगठन मजबुद बनाउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे । पार्टीका हरेक गतिविधि र सांगठानिक क्रियाकलापमा वडा कार्यालयको भुमिका महत्वपूर्ण हुने भएकाले वडा समितिले कार्यालयबाट पार्टीको सबै गतिविधि संचालन गर्न सहज हुने सभापति पाण्डेले बताए ।

सभापति पाण्डेले गुट रहित अवका अधिवेसन सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै सबै वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरुलाई नगर अधिवेसनमा सहभागी जनाएकेमा धन्यावाद र आभार व्यक्त गरे । वडा सभापति टिकाराम पराजुलीको सभापत्विमा सम्पन्न भएको कार्यक्तमको संचालन सचिव सुरेश अर्याल र स्वागत उपसभापति विमल अर्याले गरेका थिए । वडा कार्यालय उदघाटन तथा शुभकामना आदानप्रदान कार्याक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य भोजराज अर्याल, छायाराम खनाल, सरस्वती तिवारी, महाधिवेसन प्रतिनिधि कल्पना तिवारी, गुरुप्रसाद भट्टराई, वालिङ नगरका निर्वतमान सभापति दिलिपप्रताप खाँण लगायतका अग्रज नेताहरुको सहभागिता रहेको वडा सचिव सुरेश अर्यालले जानकारी दिए ।
सो कार्यक्रममा नगर सभापति पाण्डेले नगर समितिको तर्फबाट वडा समितिलाई विपीको तस्विर नेपाली काँग्रेसको झण्डा उपहार दिएका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


