स्याङ्जा सहयोग समाज पोर्चुगलको अध्यक्षमा वालिङका अर्याल निर्वाचित ।
अमृत पौडेल/पोर्चुगल :
स्याङ्जा सहयोग समाज पोर्चुगलको अध्यक्षमा वालिङका अर्जुन अर्याल निर्वाचित हुनु भएको छ । तेस्रो अधिबेशनबाट अर्यालको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत रुपमा चयन गरिएको हो ।
समितिको उपाध्यक्ष रेखा रेग्मी,बिशाल पराजुली,देवि डोटेल, महासचिवमा क्षितिज गौचन चयन हुनु भएको हो । नवगठित समितिको सचिव सन्तोष सुवेदी र गणेश गैरे तथा कोषाध्यक्षमा ऋषि सुवेदी चयन भएकाछन् ।

त्यस्तै सदस्यहरुमा तुल गुरुङ,ज्ञान प्रसाद तिवारी,यज्ञ प्रसाद डुम्रे सुदन काफ्ले ,पदम कुवर,लक्ष्मण काफ्ले,अमर दर्लामी मगर, अनु अधिकारी,राजु मानन्धर,सुदिप थापा,धर्मगत चापागाईं,कृष्ण सेन र बिश्वास राना रहेकाछन् ।
साथै अधिवेशनले बिमल गौतम, बिपिन अर्याल,आकाश किरण श्रेष्ठ,राजेन्द्र प्रसाद डुम्रे रहेको चार सदस्यीय सल्लाहकार समिती गठन गरेको छ ।
समाजका अध्यक्ष बिमल गौतमको अध्यक्षता भएको अधिवेशन कार्यक्रममा गैर आवासीय नेपाली संङ पोर्चुगलका संथापक अध्यक्ष पुर्ण हमालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल सरकारका बाणिज्य दुत रमेश गुरुङ ,गुल्मी समाजका अध्यक्ष युबराज पन्थी,जनसम्पर्क समितिको प्रतिनिधि चिज कुमार तामाङ,प्रवासी एकता मन्च पोर्चुगलका महासचिव दिपक खत्री,रास्ट्रीय समाचार संस्था प्रतिनिधि भरत प्रधान,पत्रकार महासघ युरोप महासचिव योगेन्द्र मिलन छ्न्त्याल लगायतले बोलेका थिए ।
सचिब देवि डोटेलको स्वागत मन्तव्य सङै सुरु भएको कार्यक्रम समाजका महासचिव बिपिन अर्यालले कार्यक्रम संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


