सामाजिक सेवामा प्रशंसनीय स्याङ्जा समाज
गोपाल जिटी/वालिङ :
गण्डकी विश्वविद्यालयका कूलपति प्राध्यापक डा.गणेशमान गुरुङले स्याङ्जाबाट रोजगारका लागि विभिन्न मुलुक पुगेका स्याङ्जेलीहरुको संस्था स्याङ्जा सहयोग समाजको सामाजिक गतिविधी प्रशंसायोग्य रहेको बताउनु भएको छ ।
दैवी प्रकोप, बाढि पहिरो तथा अपाङ्गता भएका नागरिकहरुलाई राहत सहयोग उपलव्ध गराउनुका साथै विभिन्न सामाजिक क्षेत्रमा सहकार्य गर्नु प्रशंसायोग्य कार्य भएको प्राध्यापक डा. गुरुङले बताउनुभएको हो । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको चौथो विश्व सम्मलेलन तथा सातौँ अधिवेसनको सोमबार वालिङमा उद्घाटन गर्दै प्राध्यापक डा. गुरुङले कोरोना महामारीका समयमा समेत जिल्लाका हरेक पालिकासँग समन्वय गरी सहयोग पु¥याउँदै आएकोमा सराहना गर्नुभयो ।
निजामति सेवाका क्षेत्रमा स्याङ्जाका धेरैजना सेवारत रहेको उल्लेख गर्दै प्राध्यापक डा. गुरुङले संस्थागत नेतृत्वमा समेत क्रियासिल हुनु गौरवको कुरा भएको बताउनभयो । यसका साथै सामाजिक सेवाका क्षेत्रमा समेत अगाडि रहेको समाजले जिल्लामा गरेको गतिविधिले देखाएको उहाँले व्यक्त गर्नुभयो ।
अफ्रिकि मुलुकबाट कोरोनाको नयाँ भाइरस पैmलिन थालेकोले नेपालमा पनि आउनसक्ने हुँदा अनिवार्य मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न गण्डकी विश्वविद्यालयका कूलपति प्राध्यापक डा. गुरुङले आग्रह छ ।

अधिवेशनले २ वर्षे कार्यकालको समीक्षासहित नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो । कोभिड महामारीको समयमा अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पीडित तथा विभिन्न घटनामा ५० लाख भन्दा बढिको सहयोग गरेको संस्थाले जनाएको छ ।
आगामी दुई वर्षका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष र सदस्यहरु सहित ३२ सदस्यीय कार्य समिति निर्वाचित गर्ने समाजले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


