खेल मानव जीवनका लागि अपरिहार्य : नगरप्रमुख खाँण ।
वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले खेल मानव जीवनका लागि अपरिहार्य रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘खेल क्षेत्रले मानिसलाई स्वस्थ बनाउने मात्रै होईन राष्ट्रको पहिचान समेत रहन्छ ।’
वालिङ १० मा रहेको दीपज्योती युवा क्लवको आठौं बार्षिक उत्सवका अवसरमा आयोजना गरिएको क्लव स्तरीय भलिवल प्रतियोगिताको शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रममा वालिङ नगरपालिका वडा नम्वर १० का अध्यक्ष अनन्तराज गैह्रे लगायतले बोलेका थिए ।
क्लवका अध्यक्ष खीम बहादुर झेडी मगरको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सचिव भरत पंगेनीले गर्नु भएको थियो सञ्चालन जंग बहादुर गुरुङले गर्नु भएको थियो ।
प्रतियोगितामा पहिलो हुने समूहले रु ५० हजार, दोस्रो हुने समूहले रु २५ हजार, तेस्रो हुने समूहले रु १५ हजार र सान्त्वना हुने समूहले रु १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक श्याम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।



समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


