नवआगन्तुक प्रहरी प्रमुख र पत्रकार बीच भेटघाट
स्याङ्जा : नवआगन्तुक स्याङ्जा जिल्लाका प्रहरी प्रमुख र पत्रकारबीच मंगलबार भेटघाट कार्यक्रम भएको छ।
पाँच दिनअघि हाजिर भएका राजिवबहादुर बस्नेत र जिल्लामा क्रियाशिल पत्रकारबीच छलफल एवं परिचयात्मक कार्यक्रम भएको हो।
समग्र जिल्लाको शान्ति सुरक्षामा पत्रकार र प्रहरीबीचको समन्वयकारी भुमिकाको आवश्यक रहने बताउदै प्रहरी उपरीक्षक बस्नेतले ऐन कानूनको परिधिभित्र रहेर काम गर्ने बताए। जिल्लामा शान्ति सुब्यवस्था र मानवअधिकारको रक्षार्थ आफु सदैव क्रियाशिल रहेको र आगामी दिनमा समेत निरन्तरता दिईने उनको भनाई छ।
यसअघिका प्रहरी उपरीक्षक होविन्द्र वोगटीको केन्द्रीय कानून महाशाखामा सरुवा भएपछि बस्नेत कास्कीबाट यहाँ सरुवा भई आएका हुन।
कार्यक्रममा पत्रकार महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, उपाध्यक्ष भवानी अधिकारी, कोषाध्यक्ष रमेश गोदार, सदस्य शालिकराम पोख्रेलल लगायतले समग्र जिल्लाका अवस्थाका बारेमा जानकारी गराएका थिए।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


