राष्ट्रपतिद्वारा तीनवटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।
कात्तिक २२ गतेको मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले मंगलबार प्रदेश १ मा परशुराम खापुङ्ग, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ
साेही दिनकाे मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले प्रदेश १ बाट सोमनाथ अधिकारी ‘प्यासी’, कर्णाली प्रदेशबाट गोविन्दप्रसाद कनौली र सुदूरपश्चिम प्रदेशबाट गंगाप्रसाद यादवलाई पदमुक्त गर्नुभएको थियो ।
विज्ञप्तिः–
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…



