प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा स्याङ्जाका काफ्ले निर्वाचित ।
स्याङ्जा :
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन काफ्ले चयन हुनु भएको छ । शनिवार भएको अधिवेशनले काफ्लेको अध्यक्षमा ४१ सदस्यीय प्रदेश समितिको गठन गरेको हो ।
नवगगित समितिको बरिष्ठ उपाध्यक्षमा घनश्याम पाण्डे,उपाध्यक्षमा राम थापा, समावेशी उपाध्यक्षमा कमला केसी, प्रमुख सचिवमा सन्तोष गौतम, कोषध्यक्षमा विश्व राज सुवेदी,खुला सचिवमा सुनिल पाण्डे,सुवास अम्गाईं,अग्नीधर लुईंटेल (अर्जुन अविरल)र सविन जिसी,महिला सचिवमा शुशिला क्षेत्री, दलित सचिवमा गुणराज रोका, जनजाती सचिवमा विनु थापा लगायत रहेकाछन् ।
नवनिर्वाचित काफ्ले पत्रकार महासंघ स्याङ्जाका पूर्ब उपाध्यक्ष तथा प्रेस सेन्टर गण्डकीका पूर्ब संयोजक समेत रहनु भएको छ ।

समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


