स्याङ्जामा सुविधा सम्पन्न पार्टी प्यालेस

प्रकाश डोटेल/स्याङ्जा :

स्याङ्जा सदरमुकाममा व्यवसायीको संयुक्त लगानीमा पहिलो पटक सुविधा सम्पन्न पार्टी प्यालेस संचालनमा ल्याईएको छ । स्थानीय एक दर्जन व्यवसायीको ६ करोड ५० लाखको संयुक्त लगानीमा सहयात्री नामको पार्टी प्यालेस संचालनमा ल्याईएको हो ।

जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका ३ र ४ को सिमानामा रहेको गुणीखोला किनारामा झण्डै ४ रोपनी जग्गामा निर्माण गरिएको पार्टी प्यालेसमा स्वीमिङ्ग पुल सहित ३ सय जना अट्ने सुविधा सम्पन्न ब्याङ्केट हल निर्माण गरिएको छ ।

प्यालेसमा आउटडोर र इनडोर गरी ४२ जना अट्ने टिम्स रेष्टुरेष्ट सहितको ४ वटा लक्जरियस रुम तयार गरिएको छ । आन्तरिक र बाह्यि पर्यटकलाई लक्षित गरी पार्टी प्यालेस संचालनमा ल्याएको संचालक एकनारायण मरासिनीले जानकारी दिए ।

जिल्लामै सुविधा सम्पन्न मानिएको पार्टी प्यालेसमा आन्तरिक र भारतीय पर्यटकहरु पोखरा आउजाउ गर्दा सुविधा उपयोग गरुन भन्ने उद्देश्यले पार्टी प्यालेस संचालनमा ल्याएको अर्का संचालक मनोज मल्लले बताए । मल्लका अनुसार पार्टी प्यालेसमा नेपाली, नेवारी, भारतीय र चाईनिज सहित विभिन्न प्रकारका खाना र खाजा उपलब्ध छ ।

पार्टी प्यालेस संचालनमा आएसँगै आन्तरिक पर्यटकको घुँईचो नै लागेको संचालक मरासिनीले बताए । लकडाउन खुल्नासाथ पर्यटकको घुँईचो लागेको उनले सुनाए । पार्टी प्यालेस संचालनमा आएसँगै आन्तरिक पर्यटकको घुँईचो लागेपटि लगानीकर्ता उत्साहित छन् । पार्टी प्यालेसमा करिब एक दर्जन युवाहरुले रोजगार पाएका छन् ।

भर्खर संचालनमा आएको पार्टी प्यालेसको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले स्थानीय व्यवसायीको सक्रियतामा निर्माणको प्यालेस तथा रेष्टुरेष्टलाई व्यवसायिकता प्रदान गर्न सक्रियता पूर्वक लाग्न आग्रह गरे । व्यवसायलाई नाफामुलक भन्दा पहिचान मुलक बनाउन समेत रेग्मीले आग्रह गरे ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP