गण्डकीमा अब सरकारी अड्डा पेपरलेस बनाइने ।

पोखरा:
गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका सरकारी अड्डालाई डिजिटलाइज गरि पेपरलेस बनाइने निर्णय गरेको छ ।मन्त्रालय तथा सरकारी काम गर्दा सिस्टमहरुलाई डिजिटलाइज गर्ने निर्णय कात्तिक २९ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषदले गरेको छ । सरकारका प्रवक्ता कुमार खड्काका अनुसार सरकारले डिजिटलाइजेसनसहित सरकारलाई अड्डाहरुलाई पेपरलेस पनि बनाउने भएको छ ।

यसका लागि प्रदेश सरकारले २ प्रकारका निर्देशक समिति गठन गरेको छ । जसमा निर्देशक समिति र कार्यान्वयन समिति रहने छन् । निर्देशक समितिकोअध्यक्ष मुख्यमन्त्री, मन्त्रीहरु सदस्य, प्रमुख सचिव योजना आयोगको उपाध्यक्ष, मुख्य न्यायाधिवक्तासदस्य, मुख्यमन्त्री कार्यालयका सचिव सदस्यसचिवरहने व्यवस्था सरकाले गरेको छ । कार्यान्वयनसमितिमा प्रदेशको कानुन मन्त्री अध्यक्ष, प्रमुख सचेतक योजना आयोगको उपाध्यक्ष, सम्पूर्ण प्रदेश सचिवहरुसदस्य र सचिवको जिम्मेवारी कानुन मन्त्रालयका सदस्य सचिव रहने व्यवस्था छ ।
गण्डकी प्रदेश सरकार गठन भएको ५ महिना पूरा भएको छ । पाँच महिनाको समयमा एकदमैठूल ठूला कामभन्दा पनि भावनात्मक, सामाजिक, मानवीय विकासका कुरालाई यो सरकारले महत्वपूर्ण रुपमा लिएको मन्त्री खड्काले बताए ।

Facebook Comments Box
TOP