हङकङसँग नेपाली चेलि ६ विकेटले पराजित ।

काठमाण्ढौ
आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोट खेलमा नेपाललाई हङकङले ६ विकेटले पराजित गर्‍यो।

नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमा ४ विकेट गुमाएर पार गर्‍यो। हङकङको जितमा ओपनर मारिको हिलले नटआउट ४४ रन जोडिन्। उनले ४२ बलमा ४ चौका प्रहार गरिन्। नतासा माइल्सले १६ रन, केरी चानले १७ रन र इमा लाइले नटआउट १३ रनको योगदान दिए।

बलिङमा नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १०४ रन जोड्यो।नेपालका लागि सीता रानामगरले ४० रनको योगदान गरिन्। उनले ५८ बलमा ४ चौका प्रहार गरिन्। इन्दू बर्माले नटआउट ३१ रन जोडिन्। उनले ३६ बलमा ३ चौका हिर्काइन्।त्यसअघि ओपन कविता कुँवर शून्यमा आउट हुँदा काजल श्रेष्ठले ४ रन भन्दा जोड्न सकिनन्। कप्तान रुबिना क्षेत्रीले नटआउट २ रन बटुलिन्।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP