एमाले सचिवमा स्याङ्जाबाट अर्याल तथा केन्द्रिय सदस्यमा मल्ल,सुन्दास र क्षेत्री प्रस्तावित ।
चितवन : नेकपा (एमाले) को चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनबाट एमाले नेत्री एवं पूर्व मन्त्री पद्माकुमारी अर्याल एमाले सचिवमा प्रस्तावित हुनु भएको छ । अध्यक्ष मन्डलका अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रमा पदाधिकारी सहितका केन्द्रीय सदस्यको नाम प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै केन्द्रीय सदस्यमा स्याङ्जाबाट सीता सुन्दास, सीमाकुमारी क्षेत्री र किशोरबिक्रम मल्ल केन्द्रीय सदस्यमा प्रस्तावित हुनु भएको छ ।
आज सहमती नभएका पदमा निर्वाचन हुने र अन्यपदमा प्रस्ताव गरेका नामहरु निर्वाचन समितिले घोषणा गर्ने बताइएको छ ।
अन्य पदमा सहमति भए पनि अध्यक्ष पदमा भने केपी ओली र भिम रावल बिच चुनाव हुने भएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


