काङ्ग्रेस स्याङ्जाकाे जिल्ला अधिवेशनको लागि नाेमिनेसन गरिदै (निर्वाचन तालिका सहित)

स्याङ्जा :

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत स्याङ्जाको जिल्ला कार्यसमिति र महासमिति सदस्यका लागि १० गते शुक्रबार हुने अधिवेशनको तालिका र स्थान जिल्ला निर्वाचन समितिले प्रकाशित गरेको छ ।

सो तालिका अनुसार मतदाताहरुको नामावली प्रकाशन मंसिर ९ गते बिहान १० बजे, उम्मेदवारहरुको मनोनयन दर्ता ११ बजेदेखि ३ बजेसम्म, उम्मेदवारहरुको प्रारम्भिक नामावली सोही दिन ४ बजे प्रकाशित गरिने भएको छ । त्यस्तैः उम्मेदवारहरुको दाबी विरोध ९ गते ४ बजेदेखि ४.३० सम्म रहेको छ । उम्मेदवारको मनोनयन फिर्ता ४.३० देखि ५.३० सम्म, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन ९ गते ५.४५ सम्म रहेको निर्वाचन समितिले जनाएको छ ।

मतदान मंसिर १० गते बिहान ११ बजेबाट ३ बजेसम्म हुने र मतदान सकिएपछि सोही दिन नै मतगणना हुने सहायक निर्वाचन अधिकृत बाबुराम सिग्देलले बताउनुभएको छ ।मतदाताहरुको नामावली प्रकाशनदेखि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनको कार्यक्रम नेपाली काङ्ग्रेस पार्टी कार्यालय पुतलीबजार १ अभियानपथमा र मतदानको कार्यक्रम मालेबगर स्याङ्जामा हुने निर्वाचन समिति सचिवालय सदस्य अर्जुन पौडेलले बताउनुभयो ।

Facebook Comments Box
TOP