कास्की कांग्रेस सभापतिमा किशोरदत्त बराल विजयी
पोखरा : नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । शनिबार भएको दोस्रो चरणको मतदानमा उनले सुदीपमोहन भट्टराईलाई पराजित गरेका हुन् । शुक्रबार भएको मतदानको परिणाम अनुसार ५ जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार फेरि बराल र भट्टराईबीचमात्रै प्रतिस्पर्धा रहने गरी मतदान भएको थियो ।
शनिबारको मतदानबाट बरालले ५० प्रतिशत मत कटाएका हुन् । नेपाली कांग्रेसको विधानले जिल्ला सभापति हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था गरेको छ । बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरेका थिए । १९२६ मत खसेको थियो ।
६४४ मत ल्याएका किशोरदत्त बराल र ४६९ ल्याएका सुदीपमोहन भट्टराईबीच शनिबार निर्वाचन भएको हो । बराल र भट्टराईबीच १ सय ७५ मतको फरक थियो ।
कास्की कांग्रेसमा २०८८ मतदाता थिए। पुन मतदानमा शनिबार १९२६ मत खसेको थियो । तर शुक्रबार तीमध्ये २ हजार २५ जनाले मात्रै मतदान गरेका थिए । ४७ मत भने बदर भएको थियो । नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था गरेको छ ।
शुक्रबारको मतदान परिणाम अनुसार बराल र भट्टराई पहिलो र दोस्रो बने भने भट्टराईभन्दा केवल ७ मतका कम आउँदा आइबहादुर गुरुङ तेस्रो भए । केही शीर्षस्थ नेताहरुको साथ पाएका गुरुङ दोस्रो चरणको मतदानमा भाग लिनबाटै बञ्चित भए । चौथो भएका पोषनाथ शर्माले ३ सय ३५ र गिरीराज गौतमले ६३ मत ल्याएका थिए ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


