बार्षिकोत्सवकाे अवसर पारेर कामना सेवा विकास बैंकले गर्यो बृद्धाश्रममा सहयोग

टीकाराम अधिकारी/गल्याङ :

कामना सेवा विकास बैंक लिमिटेडको १५ औँं वार्षिकोत्सव कार्यक्रमका अबसरमा स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.१ राम्दी स्थित शिव पार्वती वृद्वाश्रम तथा बहुउदेश्यीय संस्था रामनदी धाम राम्दीमा बस्दै आएका १८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको छ ।
बैंकले नाफा कमाउने मात्रै होईन सामाजिक कार्यमा रचनात्मक कार्य पनि गर्छ भन्दै सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर कामना सेवा बैंक वालिङ र झलुङ्गे शाखाको आयोजनामा न्यानो कपडा तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा वालिङ र झलुङ्गे शाखाको तर्फबाट २५ हजार बरावरको न्योनो कपडा तथा खाद्यान्न वितरण गरिएको थियो ।
देश भरी १३० शाखा कार्यालय रहेको बैंकले समाजमा छरिएर रहेको पुँजी व्यवस्थापन गरि बित्तिय कार्य सञ्चालन गर्दै आएको २०७४ साउन २० गते पोखराको कामना विकास बैंक र बुटवलको सेवा विकास बैंक एक आपसमा मिलेर कामना सेवा विकास बैंक नामाकरण गरिएको बक्ताहरुले बताएकाछन् ।
कार्यक्रमको उद्घाटन गर्दै कामना सेवा बैंकका सञ्चालक समितिका शेयर सदस्य तथा सञ्चालक समितिका सदस्य समाजसेवी शिबलाल डुम्रेले बैंकहरुले नाफा मात्रै नभई राज्यलाई कर तिरेर बाँकी रहेको केही प्रतिशत सामाजिक उत्तर दायित्व बहन गर्दै निस्वार्थ भावनाले सहयोग गरेको बताउदै उहाँहरु हामी सबैको साझा आमा बुवा सम्झेर सहयोग गर्नु पर्ने कुरा बताउनु भयो ।


उहाँले भन्नु भयो समाजका जेष्ठ नागरिक अनुभवले खारिएका र अनुभवका खानी भएको बताउदै उहाँहरुको अनुभवलाई आत्मसाथ गरेर अगाडि वढ्नु पर्ने कुरा बताउनु भयो ।
कार्यक्रममा शेयर सदस्य तथा सञ्चालक समितिका सदस्य समाजसेवी खगुपति न्यौपानेले बेसाहारा बनेका र वृद्वाश्रममा अरुको साहारामा जीवन बिताईरहेका राज्यका अमुल्य निधिहरु जेष्ठ नागरिकको स्याहार सुसारमा राज्यले ध्यान दिनु पर्ने कुरा बताउदै स्याङ्जामा रहेका बैंक तथा वित्तिय संस्था र समाजसेवीहरुको साथ र सहयोगले वृद्वआश्रममा बस्ने जेष्ठ नागरिकको सहज जीवन यापनका लागि पहल गर्न समेत सबैमा आग्रह गर्नु भएको थियो ।
उहाँले हामी सबैले सानो सानो सहयोग गर्न सक्यौ भने पनि हामी सबैका अभिभावक र अनुभवका खानीको जीवन रक्षामा सहजता मिल्ने कुरामा जोड दिनु भयो । नीजि बैंकहरुले आफ्नो नाफाको केही अंश कटाएर समाजमा रहेका जेष्ठ नागरिक प्रति देखाएको सदासयता प्रति धन्यवाद दिदै शिव पार्वती वृद्वाश्रम तथा बहुउदेश्यीय संस्था रामनदी धाम राम्दीका व्यवस्थापक हरि तिवारीले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नु भएको थियो ।
कार्यक्रममा कामना सेवा विकास बैंक झलुङ्गेका शाखा प्रबन्धक दिपेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य बैंकका सञ्चालक समिति सदस्य श्यामला काफ्ले र कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी लक्ष्मण तिवारीले गर्नु भएको थियो ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP