स्याङ्जामा राष्ट्रिय परिचयपत्र बिबरण सुरु गरिने

भवानी अधिकारी/स्याङ्जा :
यही कात्तिक महिनामा स्याङ्जामा राष्ट्रिय परिचयपत्रको बिवरण संकलन अभियान सुरु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्धारा आज आयोजित अन्तरक्रिया सहित समन्वय बैठक मार्फत सो को जानकारी गराएको हो ।
गृह मन्त्रालयद्धारा खटिआएका प्रबिधि सहितका ६० जना कर्मचारीले स्याङ्जामा राष्ट्रिय परिचयपत्रका विबरण संकलन गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागका महानिर्देशक तीर्थराज भट्टराईले जानकारी दिनुभयो । उहाका अनुसार यहाँका ११ पालिकामा झण्डै ४ महिना लाग्ने र आवश्यक सहयोगका लागि स्थानीय पालिकाले समन्वय गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बिभागका निर्देशक बिष्णुहरी उपाध्यायले राष्ट्रिय परिचयपत्रको आवश्यकता र यसका उपयोगिताका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अन्र्तक्रियामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले ब्यक्ति पहिचानका लागि पर्याप्त विवरण सहितको बन्ने राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, पुतलीबजार नगर प्रमुख सीमा क्षेत्री लगायतले यस अभियानलाई आवश्यक सहितको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले संचालन गर्नुभएको थियो ।
यसैगरी, कात्तिक १७ गते सिद्धार्थ राजमार्ग अन्र्तगतका सडकका भएका खाल्डाखुल्डी पुर्ने अभियान सुरु गरिने भएको छ । फेदिखोलाको कुभिण्डेदेखि गल्याङ्को राम्दीसम्मका भए गरेका खाडल पुर्नका लागि सम्बन्धित पालिका, सडक बिभाग, निर्माण कम्पनी र सरोकारवाला सबैलाई आग्रह गरिएको प्रअिज पौडेलले जानकारी दिनुभयो।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…