स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम कार्यक्रम
वालिङ:
वालिङ नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धिसम्बन्धी तालिम शुरु भएको छ ।
वालिङ नगरपालिकाको आयोजनामा युएसएआईडी, सुआहारा, पोषण तथा खाद्य सुरक्षा नेपालको प्राविधिक सहयोगमा वालिङ नगरभित्रका १४ वटै वडामा रहेका अस्पताल, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी तालिमको शुरुवात गरिएको हो ।
यसअघि पनि दुई समूहलाई एक÷एक हप्ते तालिम दिईसकिएको थियो । आजबाट शुरु भएको तालिम आगामी २९ गतेसम्म सञ्चालन हुने छ । तालिमको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बालबालिकाको शुरुवाती वर्षहरुमा पोषणमा गरिने लगानीले परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले एकहप्तासम्म तालिममा सिकेका सीप, ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न र आगामी दिनमा कुपोषणमुक्त समाज निर्माणमा लाग्न सुझाव दिनुभयो ।
स्वास्थ्यकर्मीहरु प्रायजसो सुनौला हजार दिने आमा तथा बालबालिकासँगै काम गर्ने भएकाले पनि आवश्यक सल्लाह, सुझाव तथा परामर्शहरु दिएर समाज रुपान्तरणमा सहयोगी भूमिका खेल्नुपर्नेमा नगर प्रमुख खाँणले जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको बताउनुहुँदै राम्रो पोषण पाएका बालबालिकाहरु राम्ररी हुर्कन, सिक्न, समुदायमा सहभागी हुन र योगदान दिनुकासाथै रोग, विपत्ति तथा अन्य संकटहरुसँग जुध्न सामथ्र्यवान हुने भएकाले पोषणको निक्कै महत्व रहेको विचार ब्यक्त गर्नुभयो ।
शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाको सभापतित्वमा सन्पन्न उद्घाटन समारोहमा स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले स्वागत र यामप्रसाद रेग्मीले सञ्चालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


