स्याङ्जा वालिङ स्थित डिपार्टमेन्ट स्टोरमा आगलागी, करिब ५० लाखको क्षति
वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका वडा नं- ८ मोडस्थित एक डिपार्टमेन्ट स्टोरमा विद्युतीय लाइन सर्ट हुँदा भएको आगलागीका कारण करिब पचास लाख बराबरको नोक्सान भएको छ ।
बुधबार राती अन्दाजी १ बजे वालिङ बजारस्थित मोडमा आगलागी हुँदा गाउँवेशी डिपार्टमेन्ट स्टोरमा रहेका सिसि टिभीहरु, फ्रीज, कम्प्युटर , टेलिभिजन , कस्मेटिक, खाद्यान्न लगायतका सामानहरु जलेर नष्ट हुँदा करिब ५० लाख बराबरको क्षति हुन पुगेको स्टोर संचालक सुधन श्रेष्ठले बताए ।
रातिको समयमा अचानक आगलागी भएपनि वालिङ नगरपालिकाबाट दमकल मगाई आगोलाई तुरुन्तै नियन्त्रणमा लिई थप क्षति हुनबाट रोकिएको थियो ।
आगोलाई राती नै नियन्त्रण लिइएपनि रातीको समयमा आगलागी हुँदा धुँवाले बाँकी रहेका सामानहरु समेत बिग्रिएको स्टोरका संचालक सुधन श्रेष्ठले जानकारी दिए ।
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…