बस दुर्घटना हुँदा चारजनाको मृत्यु ।

accident

दाङ:

 

दाङको घोराहीबाट छुटेको यात्रुबाहक बस रोल्पामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस आज साँझ पौने ६ बजेतिर दुर्घटनामा पर्दा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो। उनीहरूको पहिचान भने खुल्न सकेको छैन्।

उनीहरूको घटनास्थलमै मुत्यु भएको रोल्पाका प्रहरी निरीक्षक कृष्ण राणाले बताए। सहदी मार्गअन्तर्गत माडी गाउँपालिका– २ जलजलामा भएको दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन्। बाटो आप्ठ्यारो भएकाले दुर्घटना भएको हुन सक्ने राणाले बताए। घाइतेहरू सबैको उद्दार गरी रोल्पाको स्मृति अस्पतालमा उपचारका लागि ल्याइएको छ।

Facebook Comments Box
TOP