राजेश भण्डारीको ‘अधुरो यात्रा’ सार्वजनिक

श्रीकृष्ण सिग्देल/स्याङ्जा :

स्याङ्जाका गायक राजेश भण्डारीले ‘अधुरो यात्रा’ नामक सांगितिक कोशेली बजारमा ल्याएका छन् । आफैले शब्द सर्जन गरेका गायक भण्डारीले तिहारको सन्दर्भ पारेर ‘अधुरो यात्रा’ नामक लोकसंगित कोशेली बजारमा ल्याएका हुन् । लोक संगितको उर्भरभुमि स्याङ्जा आफैमा विभिन्न जातजातीको आ—आफ्नै कला र संस्कृति रहेको छ । दाजु बहिनीको पिडादायक कथालाई जोडेर गायक भण्डारीले भिडियो र संगित भरेका छन् ।
स्याङ्जा वालिङ ७ पैदीखोलाका गायक भण्डारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला स्याङ्जाका सचिव पनि हुन् । स्याङ्जाको वालिङमा जन्मिएका गायक भण्डारीले वालिङ नगरपालिका भित्र विभिन्न क्षेत्रलाई समेटेर यो गितको छायाङ्कन गरेका छन् । संगित मार्फत दाजु बहिनीको मायाप्रेम र जन्मगाँउमो भिडियो मार्फत छायाङ्कन गरी चिनाउने भुमिका महत्वपुर्ण हुने विश्वास लिएर एलबम बजारमा ल्याएको गायक भण्डारीले बताए ।
आफ्नो निर्देशनमा तयार पारिएको छायाङ्कनमा नव प्रतिभा शिला गोतामे, श्रृष्टि विश्वकर्मा, सलिना थापा वालिङ्का स्थानीय हुन भने दाजु बनेर भिडियोमा खेलेका सुर्य पन्थी गल््मीका हुन् । नव प्रतिभाको खोजी सगै उनीहरुको कलाक्षेत्रमा थप उत्साहा थप्न टेवा पुगेको उनले बताएका छन् । उनीहरु उक्त भिडियोमा दाजु, बहिनी पागल भएको देखाईएको छ ।
गितको बोल अनुसार बहिनी मन्दिरमा पुजा गर्न जादा जवरजस्तीमा पर्नेछन् । बहिनीको त्यो अवस्था दाजुले देख्ने छन् । बहिनीलाई बचाउन जादा उनी आक्रमणमा परेर घाईते हुन्छन् । उनको उपचार पछि दाजु मानसिक रोगी भएको दृष्य देखाइएको छ । दाजु सगै बहिनी पनि पछि मानसिक रोगी बन्ने छन् । यसैमा आधारीत रहेर दाजु बहिनीको जिवनमा ‘अधुरो यात्रा’ बनाइएको छ ।
दाजुको अभिनय सुर्य पन्थीले गरेका छन् भने बहिनीको अभिनय शिला गोतामेले गरेकी छन् । त्यस्तै डाक्टरको अभिनय श्रृष्टि विश्वकर्माले र नर्सको अभिनय सलिना थापाले भुमिका दिएकी छन् । उक्त संगितमा स्वर भण्डारीले एकल दिएका छन् भने भिडियो मिक्सिङ नरेश पाण्डेले गरेको उनले बताए । यस एलबमले दाजु बहिनी प्रति हुने मायाका बारेमा भन्न खोजीएको देखिएको छ । तिहार दाजु भाई, दिदि बहिनीको चाड भएकाले मौसम सुहाउदो एलबम बजारमा आएको अनुमान दर्शक, श्रोताले लगाएका छन् ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP