स्याङ्जाका खनाल बाबुछोराको ट्रकको ठक्करबाट रुपन्देहीमा मृत्यु ।

स्याङ्जा :
रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका १० का ५३ वर्षीय गितानाथ खनाल र उहाँको १३ वर्षीय छोरा सुदिप खनाल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्दहीले बताएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो सवा १ बजे तिर बुटवलबाट बेलहियाका लागि छुटेको ना ३ ख ३८६० नम्बरको ट्रकले उनीहरु सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई दिएको प्रहरीको भनाई छ ।
दुर्घटना लगत्तै दुबै जनालाई उपचारका लागि भिम अस्पताल लगिएको र त्यहाँ उपचार हुने सम्भावना नरहेपछि युनिभर्सल मेडिकल कलेज लगिएको थियो
गीतानाथको घटनास्थल र सुदिपको उपचारका लागि लैजादैगर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।
प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।
गितानाथ खनाल स्याङ्जाको चापाकोट स्थित भानु माविका प्रधानध्यापक समेत रहनु भएको थियो ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…