स्याङ्जा : ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।

accident

स्याङ्जा
स्याङ्जाको आँधीखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आँधीखोला गाँउपालिका वडा नम्वर ५ एकराय स्थित भित्रि सडकमा ग १ त ६४४० नम्वरको ट्याक्टर अचानक नालामा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ट्याक्टरका चालक भानु नगरपालिका ५ तनहुँका ३८ बर्षीय सन्तोष गुरुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालया प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा परि तनहुँ कै ३४ बर्षका रेशम गुरुङ घाईते भएका प्रहरीको भनाई छ ।

 

 

 

Facebook Comments Box
TOP