नेकपा एमालेमा नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिए ।

काठमाण्डौ:
नेकपा एमालेको दसौं महाधिवेशनमा नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिएका छन्। तीमध्ये पाँच जना निर्विरोध चुनिएका हुन् भने १४ पदाधिकारीमा १८ जनाले चुनावी प्रतिष्पर्धा गरेका थिए ।
एमालेका नयाँ पदाधिकारी
अध्यक्ष:केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष: ईश्वर पोखरेल
महासचिव: शंकर पोखरेल

उपाध्यक्षहरू:  अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, रामबहादुर थापा बादल

उपमहासचिवहरू:  प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल
सचिवहरू : गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायामाझी, रघुवीर महासेठ

यीमध्ये ९ जना पहिलो पटक एमाले पदाधिकारी बनेका हुन्। सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल विष्णु रिमाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायामाझी र रघुवीर महासेठ पहिलो पटक एमाले पदाधिकारी भएका हुन्।

यसपालि एमाले पदाधिकारीमा पहिलो पटक  रघुवीर महासेठ मधेसी र  छविलाल विश्वकर्मा दलित समुदायका नेता  परेका छन्।

Facebook Comments Box
TOP