स्याङ्जाका चार प्रदेशमा १३९ जनाको उमेदवारी ।
स्याङ्जा:
नेपाली काँग्रेसको १४ औं महाधिवेसनले स्याङ्जाका ४ प्रदेशमा नेतृत्व चयन गर्दै छ । काँग्रेसको १४ औं महाधिवेसनले देशभरका प्रदेशका लागि मंसिर तिन गते अधिवेसन तोकेको थियो । तोकिएको मिति अनुसार नेपाली काँग्रेस स्याङ्जा निर्वाचन समितिले उमेदवारी दर्ता गर्ने प्रक्रिया थालनी गरेको छ । जिल्लाका ४ प्रदेश मध्ये तिन प्रदेशमा उमेदवार दर्ता गर्ने क्रम चलेको छ भने एक प्रदेशमा शुक्रवार मात्रै शुरु हुने भएको छ । क्षेत्र नं. १ को (क) र (ख) र क्षेत्र नं. २ को प्रदेश (क) मा उमेदवारी दर्ता प्रक्रिया भइरहेको छ भने (ख) मा शुक्रवार साढे ७ बजेबाट १० बजे सम्म समय अवधी तोकिएको छ । जिल्ला निर्वाचन समितिका अनुसार शुक्रवार सबै प्रदेशमा १ बजेबाट मतदान शुरु हुने बताइएको छ ।
क्षेत्र नं. १ को प्रदेश (क) मा विभिन्न पदमा ४३ जनाले उमेदवारी दर्ता गराएका छन् । हिजो सम्म प्रदेश सभापतिमा २, उपसभापतिमा ४, सचिवमा ४, सहसचिवमा ४ जनाले उमेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक बिष्णु पोख्रेलले जानकारी दिएका छन् । यसै गरी प्रदेश प्रतिनिधिमा खुला पुरुषमा १०, महिलामा ६, खसआर्य पुरुषमा २, महिलामा ३, आदीवासी जनजातीमा पुरुष ४, महिला २, दलितमा १ र अपाङ्ग, अल्पसंख्यकमा १ जनाले उमेदवारी दर्ता गराएको पोख्रेलले बताए ।
क्षेत्र नं. १ को प्रदेश (ख) मा हिजो सम्म ४२ जनाले विभिन्न पदमा उमेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका संयोजक जगदिश पौडेलका अनुसार प्रदेश सभापतिमा दुई, उपसभापतिमा तिन, सचिवमा ३ र सहचिवमा ३ जनाले उमेदवारी दर्ता गराएका छन् । शुक्रवार बिहान ८ बजे सम्म उमेदवारी दर्ता गर्ने समय भने खुला राखिएको पौडेलले बताए । यसै गरी प्रदेश प्रतिनिधिमा अहिले सम्म ३० जनाले उमेदवारी दिएका छन् । जसमा पुरुष खुला तर्फ १३, तिस, महिला तर्फ ५, खसआर्य पुरुष ३, महिला ३, आदीवासी जनजातीमा २, दलितमा २, अपाङ्ग अल्पसंख्यकमा २ जनाले उमेदवारी दर्ता गराएको पौडेलले जानकारी दिए । यो प्रदेशमा ४ सय ४९ जना मतदाता रहेका छन् ।
यसै गरी क्षेत्र नं। २ को प्रदेश ९क० मा पनि उमेदवारी दर्ता प्रक्रिया अगाडी बढेको छ । निर्वाचन समितिका संयोजक दिपक लम्सालका अनुसार ४९ जनाले उमेदवारी दिएका छन् । जसमा प्रदेश सभापतिमा २, उपसभापतिमा ४, सचिवमा ४, सहसचिवमा ४ जनाले उमेदवारी दर्ता गराएको उनले बताए । प्रदेश प्रतिनिधिमा ३५ जनाले उमेदवारी दिएका छन् । जसमा खुला पुरुषमा १५, महिलामा ६, खसआर्य पुरुषमा ४, महिलामा २, आदीवासी जनजातीमा पुरुष २, महिला २, दलितमा २ र अपाङ्ग, अल्पसंख्यकमा २ जनाले उमेदवारी दर्ता गराएका छन् । यो प्रदेशमा ६ सय मतदाता रहेका छन् ।
प्रदेश (ख) मा भने शुक्रवार विहान साढे ७ बजे देखि १० बजे सम्मलाई राखिएकाले बिहिवार उमेदवारी दर्ता नभएको निर्वाचन संयोजक लेखनाथ भट्टराईले बताए । यो प्रदेशमा ६ सय ३० जना मतादाता रहेका छन् । यो प्रदेश बाहेक अन्य ३ प्रदेशमा १ सय ३४ जनाले उमेदवारी दर्ता गराएका छन् । जिल्लाका ४ प्रदेशमा प्रदेश सभापति, उपसभापति, सचिव, सहसचिव र प्रदेश प्रतिनिधि गरी ९६ जना चुनिने छन्
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


