एमाले अधिवेशन : वालिङ नगरपालिकाका सबै वडामा नेतृत्व चयन ।

स्याङ्जा :
नेकपा एमालेले देशभर वडा अधिवेशन गरिरहेको छ । स्याङ्जा जिल्लाका ९७ वटै वडामा आज वडा अधिवेशन भएकाछन् । अधिवेशनबाट नेतृत्व चयन समेत भईरहेकाछन् ।
यसबीच वालिङ नगरपालिकाका १४ वटै वडामा सर्वसहमतीका आधारमा नेतृत्व चयन भएको एमाले वालिङ नगरकमिटि अध्यक्ष राजेन्द्र डुम्रेले जानकारी दिनुभयो । सबै वडामा सबै पदमा सहमती भएको अध्यक्ष डुम्रेले जानकारी गराउनु भएको हो ।

नेकपा एमाले वालिङ नगरपालिकाका १४ वटै वडाका नवनिर्वाचित अध्यक्षहरु :

वार्ड नं १  अध्यक्ष -सुरेन्द्र गुरुङ
वार्ड नं २ अध्यक्ष -स्थानेश्वर रेग्मी
वार्ड न ३ अध्यक्ष -थमन गुरुङ
वार्ड नं ४ अध्यक्ष  -हरी खनाल
वार्ड नं ५ अध्यक्ष -मिन बहादुर गुरुङ
वार्ड नं ६ अध्यक्ष -राजिन्द्र रिजाल
वार्ड नं ७ अध्यक्ष -तुल बहादुर गुरुङ
वार्ड नं ८ अध्यक्ष -प्रदीप बगाले
वार्ड नं ९ अध्यक्ष -प्रेम प्रसाद पराजुली
वार्ड नं १० अध्यक्ष -डोलराज सुवेदी
वार्ड नं ११ अध्यक्ष -दयानाथ रेग्मी
वार्ड नं १२ अध्यक्ष -प्रेम पराजुली
वार्ड नं १३ अध्यक्ष- यज्ञ पाठक
वार्ड नं १४ अध्यक्ष -टीकाराम लुइँटेल
Facebook Comments Box
TOP