वालिङमा समृद्धि डिपार्टमेन्ट स्टोरको शुभारम्भ
वालिङ :
स्याङ्जाको वालिङ ८ जैसीपधेँरामा समृद्धि डिपार्टमेन्ट स्टोरको बिक्री शुभारम्भ भएको छ । स्थानीय युवा उद्यमी तथा ब्यवसायी गोविन्द तिवारी र शोभित सारुले डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याउनुभएको हो ।
डिपार्टमेन्ट स्टोरको शुभारम्भ गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले एउटै छानामुनीबाट दैनिक उपभोग्य सामग्रीहरु सहितका वस्तुहरु उपलब्ध हुने भएकाले पनि सेवाग्राहीहरुलाई सहजता हुने बताउनुभयो ।
समयको माग अनुसार डिपार्टमेन्ट स्टोरहरु सञ्चालन हुने क्रम बढेकाले यसले यहाँका नागरिक र सेवाग्राहीहरुलाई दैनिक उपभोग्य सामग्रीसहितका वस्तुहरुको खरीद बिक्रीमा सहजता हुने उहाँले बताउनुभयो ।
समयको मागलाई मध्यनजर गरी डिपार्टमेन्ट स्टोरबाट दैनिक उपभोग्य सामग्रीहरु सेवाग्राहीलाई सस्तो र सुलभ मुल्यमा उपलब्ध गराउने गरी डिपार्टमेन्ट स्टोरको शुभारम्भ गरिएको सञ्चालक गोबिन्द तिवारीले बताउनुभयो ।
शुभारम्भका अवसरमा डिपार्टमेन्टले एकमहिनाको समयावधिका लागि विशेष छुटको ब्यवस्था दिएको सञ्चालक तिवारीले बताउनुभयो ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
१ महिना अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


