वालिङमा १ लाख राशी पुरस्कारको भलिबल प्रतियोगिता हुने
वालिङ :
वालिङ भलिबल क्लबको आयोजनामा वालिङ खेलमैदानमा भलिबल प्रतियोगिता हुने भएको छ । क्लबको दोस्रो वार्षिकोत्सवका अवसरमा यही कात्तिक ८ गतेदेखि १३ गतेसम्म पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी आज पत्रकार सम्मेलनमार्फत दिईएको हो । भलिबल खेलको विकास गर्नुकासाथै खेलकूदका माध्ययमबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न, वालिङलाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन, नयाँ प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन र थप प्रतिभाशाली खेलाडीको प्रतिभा प्रष्फुटन गराउने, वालिङमा भलिबल प्रशिक्षण केन्द्र स्थापना गरी एकेडेमी सञ्चालन गर्ने मुख्य उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष दीपेन्द्र खाँणले जानकारी दिनुभयो ।

प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय खेलाडीहरुको सहभागिता रहने छ । ६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कूल रु. ९ लाख ४० हजार आम्दानी र ८ लाख ९२ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ ।
उक्त प्रतियोगिताको मुख्य प्रायोजकमा वालिङ नगरपालिका कार्यालय रहेको छ । पुरुषतर्फको भलिबल प्रतियोगितामा बिजेताले रु. एकलाख, द्वितीय हुनेले रु. ५० हजार, तृतीय हुनेले रु. २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वना हुनेले रु. १० हजारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् । महिला भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. २० हजार, रु. १० हजार र रु. ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका उपाध्यक्ष किरण खाँणले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । पुरुष तथा महिला उत्कृष्ट खेलाडीहरुलाई थप पुरस्कारको ब्यवस्था आयोजकले गरेको छ । क्लबका उपाध्यक्ष किरण खाँणको स्वागतसँगै शुरु भएको पत्रकार सम्मेलन क्लबका अध्यक्ष दीपेन्द्र खाँणको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव हुमराज गुरुङले गर्नुभएको थियो । -रेडियाे अाँधीखाेला
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


