आइतबार र सोमबार  बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै ।

काठमाण्डौ:

आइतबार र सोमबार  देशभरका  बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।  ६ देखि देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि  खुवाइनेछ ।

सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ ।  सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।

Facebook Comments Box
TOP