एमाले पालिका अधिबेशन : स्याङ्जाका नौ पालिकामा नेतृत्वको टुंगो लाग्यो, दुईमा आज ।

स्याङ्जा:
नेकपा (एमाले) ले स्याङ्जाको ११ मध्ये नौ पालिकामा सर्वसम्मत नेतृव चयन गरिएको छ ।
मंगलबार भएको पहिलो पालिका अधिबेशनबाट चापाकोट, भीरकोट र गल्याङ नगरपालिका तथा अर्जुनचौपारी, कालीगण्डकी,फेदीखोला, आँधीखोला, हरिनास, र बिरुवा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।
पुतलीबजार र वालिङमा भने आज टुंगो लाग्ने नेकपा एमाले स्याङ्जाका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस) ले जानकारी दिनुभयो ।
नेकपा एमाले गल्याङ नगरपालिकाको अध्यक्षमा दान बहादुर थापा, उपाध्यक्षमा घनश्याम भट्टराई, सचिवमा राजेन्द्र खनाल, उपसचिवमा भेमला बराल र सशिकुमार बिक चयन भएकाछन् ।
नेकपा एमाले भीरकोट नगरपालिकाको अध्यक्षमा विश्वनाथ अर्याल, उपाध्यक्षमा मिठु अधिकारी, सचिवमा गोकुल अधिकारी, उपसचिवमा पर्वत खाम्चामगर र केशरजङ अधिकारी सर्वसम्मत चयन भएकछन् ।
नेकपा एमाले चापाकोट नगरपालिकाको अध्यक्षमा राजु कोइराला, उपाध्यक्षमा शंकरभक्त भण्डारी, सचिवमा राजु भट्टराई, उपसचिवमा शेसकान्त भण्डारी र गोवर्धन पाठक चयन भएकाछन् ।
त्यसैगरी नेकपा एमाले आँधीखोला गाउँपालिकाको अध्यक्षमा सिंहबहादुर क्षेत्री, उपाध्यक्षमा लोकप्रसाद ढकाल, सचिवमा शिव प्रसाद पौडेल तथा उपसचिवमा भक्त बहादुर केसी र सिता नेपाली चयन भएकाछन् ।
नेकपा एमाले फेदीखोला गाउँपालिकाको अध्यक्षमा घनश्याम सुवेदी, उपाध्यक्षमा दुर्गादत्त शर्मा, सचीवमा हर्क बहादुर कार्की, उपसचिवमा डिबी मिजार र चेतन शर्मा चयन भएकाछन् ।
त्यसैगरी नेकपा एमाले अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा मोहन बहादुर अधिकारी, उपाध्यक्षमा चक्र बहादुर गुरुङ, सचीवमा टिकाराम खनाल, उपसचिवमा नारायण ढकाल चयन भएकाछन् ।
नेकपा (एमाले) कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा कृष्ण बहादुर लामिछाने, उपाध्यक्षमा ईन्द्र थापा मगर, सचिवमा एक नारायण न्यौपाने प्रकाश, उपसचिवमा सुलोचना पाण्डे र कृष्ण प्रसाद भट्टराई सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी बिरुवा गाँउपालिकाको अध्यक्षमा प्रकाश थापा मगर, उपाध्यक्षमा कल्याण कुमार पोख्रेल, सचिवमा गोपाल कोइराला, उपसचिवमा नबिन आले र सितलजङ केसी सर्वसम्मत चयन भएकाछन् ।
यस्तै नेकपा एमाले हरिनास गाउँपालिकाको अध्यक्षमा खिम नारायण मानन्धर, उपाध्यक्षमा ओमप्रसाद सिग्देल, सचिवमा ईन्द्र रुचाल, उपसचिवमा पर्शुराम लम्साल र चिन्तामणी शर्मा चयन भएकाछन् ।
वालिङ र पुतलीबजार नगरपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको एमाल स्याङ्जाले जनाएको छ । पुतलीबजार नगरपालिकामा महेश पुरी, ओम खड्का, अशोक शर्मा, भरत गोदार, अमृत श्रेष्ठ लगायतले अध्यक्ष पदमा दावी गरेकाछन् ।
वालिङमा पुण्यप्रसाद अर्याल र शोभाकान्त पौडेलले नेतृत्वका लागि दाबी गरेकाछन् । सहमतिका आधारमा नेतृत्व चनयका लागि दुई वटै पालिकामा छलफल भईरहेको एमाले जिल्ला अध्यक्ष पारसले जानकारी दिनुभयाे ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…