श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेपछि नेपाललाई फाईदा ।
काठमाडौं :
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई बराबरीमा रोकेको छ । विहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेको हो ।
खेलमा भारतले अधिकांश समय आक्रमण गरेपनि गोल गर्न भने सकेन । सुरुवाती दुई खेलमा हार बेहोरेपछि निकै दबाबमा रहेको श्रीलंकाले रक्षात्मक रणनीति अपनाएको थियो । यस बराबरीले भारतको फाइनल पुग्ने समीकरणमा भने धक्का पुगेको छ । भारतले लिग चरणका दुवै खेलमा बराबरी खेलेको छ । यसअघि पहिलो चरणमा भारत १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ को बराबरीमा रोकिएको थियो ।
यस नतिजाले नेपालको फाइनल पुग्ने सम्भावनालाई भने सहयोग पुगेको छ । अंक तालिकामा नेपाल नै शीर्षस्थानमा कायम छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ । बंगलादेश २ खेलमा ४ अंक सहित दोस्रो तथा भारत २ खेलमा २ अंक तेस्रो स्थानमा छ । श्रीलंका दुई खेलबात १ अंक जोड्दै चौथोमा रहँदा अंकविहिन माल्दिभ्स पुछारमा रहेकोछ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


