नयाँ प्रतिभा अघि बढाउन पहल गर्छु : खेलकुद मन्त्री गुरुङ ।
वालिङ : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले खेल क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिसँगै लुकेर रहेका प्रतिभा अगाडि बढाउन आवश्यक पहल गर्ने बताउनु भएकाे छ।
वालिङ ८, भीमटारीस्थित भीमटारी युवा क्लबले भीमटारी सामुदायिक अध्ययन केन्द्रको सहकार्यमा आयोजना गरेको प्रथम शिव स्मृति स्याङ्जा जिल्लास्तरीय खुल्ला डबल म्यान ब्याडमिन्टन प्रतियोगिताको समापनमा विजयी खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले सो कुरा बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे, ‘खेल क्षेत्रको विकास र खेलाडीहरुको क्षमता विकाससँगसँगै लुकेर रहेका नयाँ प्रतिभा अगाडि बढाउन आवश्यक पहल गर्नेछ ।’

कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका सचेतक भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले नयाँ खेलाडीको प्रतिभा प्रष्फुटन गर्न र अग्रज खेलाडीलाई खेल क्षेत्रमै रहिरहने वातावरण सिर्जना गर्न व्यवसायिकतासँगै जोड्नुपर्ने बताए ।
२ दिनसम्म सञ्चालित प्रतियोगितामा ‘ए’ र ‘सी’ वर्गका ६० टिम सहभागी भएको खेल संयोजक सचिन मल्लले जानकारी दिनुभयाे । प्रतियोगितामा ‘ए’ वर्गतर्फ प्रथम बुद्धि राना र महेश राना आमडाली, द्वितीय दीपक राना र प्रकाश गुरुङ स्वरेक महापुर, तृतीय आयोजकका सचिन मल्ल र सुवास रेग्मी रहेका थिए । त्यस्तै ‘सी’ वर्गतर्फ प्रथम नवीन र हरि गल्याङ, द्वितीय विष्णु र कृष्ण स्वरेक महापुर, तृतीय याम र चुरामणि भुम्रे थिए ।
विजयीलाई मन्त्री गुरुङसहित प्रदेश सांसद मल्ल र नगर प्रमुख खाँणले संयुक्तरुपमा पुरस्कार वितरण गर्नु भएकाे थियाे ।
‘ए’ र ‘सी’ दुवै वर्गबाट प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमश : २० हजार, १२ हजार र ५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको भीमटारी युवा क्लब अध्यक्ष सूर्य रेग्मीले जानकारी दिनुभयाे ।
समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


