खेल मानव जीवनका लागि अपरिहार्य : मन्त्री श्रेष्ठ ।
टीकाराम अधिकारी/गल्याङ :
गण्डकी प्रदेश शिक्षा, विज्ञान, प्रविधि संस्कृत तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले खेल मानव जीवनका लागि अपरिहार्य रहेको बताउनु भएको छ । खेलले मानिसलाई रचनात्मक र सिर्जनात्मक क्षेत्रको विकास गर्दै खेलाडीलाई अनुशासिबनाउछ मन्त्री श्रेष्ठले भन्नुभयो ।
स्याङ्जाको गल्याङ नगरपालिका वाड नं.२ बलाम गुठी स्थित शिवालय युवा क्लवको वार्षिकोत्सव तथा विजया दशमी तथा शुभ दिपावली,छठ पर्वको अवसरमा आयोजना गरिएको क्लव स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
मन्त्री श्रेष्ठले भन्नु भयो, एउटा खेलमा सफलता प्राप्त गर्नका लागि जसरी खेलाडीहरुको तारतम्य मिलाउनु पर्छ त्यसै गरी सरकारलाई सफल बनाउन पनि नेताहरुको तारतम्य मिलाउनु पर्ने बताउदै अहिले सबै दललाई मिलाएर सरकार निर्माण गरेको र जनताका हरेक शुख दुःख बुझेर सरकारले समाजमा रहेका गरिव, विपन्न परिवारलाई चाडपर्व खर्च भनेर १०/१० हजार व्यवस्थापन गरेको र देशको विकास निर्माण अभियानमा अहिलेको सरकार लागि परेको बताउनु भयो ।
उहाँले भन्नु भयो अहिलेको युवा पुस्तामा खेल प्रतिको महबढ्दै गएको र त्यसको विकास र वयवस्थापनमा आफू र आफूले नेतृत्व गरेको पार्टी लाग्ने कुरा बताउनु भयो ।
देशमा रहेको अराजकता हटाउनका लागि नेपाली काँग्रेसकै प्रमुख भूमिकामा अहिलेको सरकार अगाडि बढेको बताउदै हरेक नेपाली नागरिकको सुख दुखको पार्टी नेपाली काँग्रेस बनेको बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले युवा पुस्ताले समाजलाई सहि गन्तव्यमा पु¥याउने अभियानमा लाग्नु पर्ने बताउदै युवा पुस्ताका लागि सहयोग होस् भनेर आफूले प्रदेश सरकार मार्फत खेलकुद विकासका लागि १० लाख बजेटको व्यवस्थापन गरिदिएको समेत बताउनु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि गुरु प्रसाद भट्टराई,महेन्द्र श्रेष्ठ,विष्णुपौडेल, नेपाली काँग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सचिव महेस भट्टराई,नेपाल तरुण दल स्याङ्जाका सचिव चन्द्र बहादुर राना,नेपाल तरुण दल गल्याङ नगर सभापति कृष्ण प्रसाद भट्टराइ,समाजसेवी मोहन श्रेष्ठ,नेपाल महिला संघ साविक क्षेत्र नं.३ का सचिव हेमा न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
१३ गते सम्म सञ्चालन हुने खेलमा ३० समुहको सहभागिता रहेको खेलमा क्लव स्तरीय भलिबल प्रतियोगिताको तर्फ प्रथम हुने समुहले क्रमशः नगद ५० हजार,३० हजार,२० हजार ,१० हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भने भेन्टान्स तर्फ प्रथ हुने समुहले बोका र दोस्रो हुने समुहले भाले शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रदिप पाण्डेले जानकारी दिनु भयो ।
क्लवका अध्यक्ष बेद प्रसाद कर्मचार्यको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य परसुराम कर्मचार्यले र कार्यक्रमको सञ्चालन अमृत भण्डारी र प्रदिप पाण्डेयले गर्नु भएको थियो ।
समाचार
थप सामाग्रीमहिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा
२ हप्ता अगाडि
स्याङ्जा : निजामती सेवामा महिला सहभागिता बढाउने उदेश्यले स्याङ्जामा मंगलबारदेखि २० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ। सामाजिक विकास…