साफ फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने
काठमाडौँ : साफ फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । भारत र नेपाल शीर्ष दुईमा रहँदै उपाधि नजिक पुगेका हुन् ।
बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोलले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।बुधबार नै भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो ।
फाइनलमा नेपाललाई भारतसँग बदला लिने अवसरसमेत हुनेछ । राउण्ड रोबिङ लिग अन्तरगत पहिलो खेलमा नेपाल भारसँग १-० ले पराजित भएको थियो । अहिलेसम्म साफ फुटबलमा सात पटक च्याम्पियन बनेर सर्वाधिक सफल टिम रहेको भारतलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन । तथापि जितका लागि खेल्ने प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले जनाएका छन् ।
फाइनल खेल शनिबार अपराह्न ४:४५ बजे हुनेछ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


