साफ च्याम्पियनसिप फुटबलको उपाधी भारतलाई नेपाल उपबिजेता

साफ च्याम्पियनसिप फुटबलको १३ औँ संस्करणको उपाधि भारतले जितेको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा शनिबार राति भएको खेलमा नेपाल भारतसँग ३–० गाेल अन्तरले पराजित भएको हो ।
खेलकाे पहिलो हाफ गोलरहित बराबरी रहेको थियो । भारतले पहिलो हाफलगत्तै दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो भने खेलको अन्तिम विन्दुमा पुग्दा अर्को गोल गरेर तीन गोलको अग्रता लियो । खेलको ४८औँ मिनेटमा भारतीय टोलीकाकप्तान सुनिल क्षेत्री र ५०औँ मिनेटमा सुरेश सिंहले गोल गरे भने ८९ मिनेटमा सहाद अब्दुलले गोल गरे ।
यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो । तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुकेको हो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…