साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित
काठमाण्डाै : साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । गएराति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।
माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औँ मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो । जितसँगै ३ खेलमा ५ अंक जोडेको भारत तेस्रो स्थानमा पुगेको छ । प्रतियोगितामा नेपालको यो पहिलो हार हो । नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ । भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । अब बंगलादेशसँगको खेल नेपालका लागि ”गर या मर”को अवस्थामा हुने छ । नेपालले बंगलादेशसँग बराबरी गरे वा जित निकालेमा फाइनल पुग्नेछ ।
बंगलादेशलाई भने जित्नै पर्ने दबाब छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौथाे स्थानमा छ । नेपाल र बंगलादेशको खेल पर्सि दिउँसो पौने ५ बजे हुनेछ । साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेकोमा श्रीलंका भने बाहिरिसकेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


