साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात
काठमाण्डाै : साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।
नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे । यस जितसँगै नेपालले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ । माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा बेहाेरेकाे हारको बदला समेत लिएको छ ।
ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३–० ले पराजित भएको थियो । नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


