मातृभूमि पुस्तकालयद्वारा कोभिड प्रभावितलाई राहत वितरण
स्याङ्जा :
मातृभूमि सामुदायिक पुस्तकालय बिर्घाले राहत वितरण गरेको छ । कोभिड रेस्पोन्स कार्यक्रम अन्तर्गत शान्ति भोलिएन्टर एसोसिएसन, एसभीए जापान र रिड नेपालको सहयोगमा कालीगण्डकी गाउँपालिकाका ३३५ जना नागरिकलाई राहत सामग्री वितरण गरेको हो ।
पुस्तकालयले दैनिक ज्यालादारी विपन्न परिवारलाई चामल, दाल, सनफ्लावर तेलका साथमा मास्क तथा सेनिटाईजरको प्याकेज सहितको राहत सामग्रीका साथै स्थानीय कोभिड प्रभावित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा जेष्ठ नागरिकलाई हर्लिक्स, अण्डा, चनाका साथमा मास्क तथा सेनिटाईजर वितरण गरेको हो ।

गाउँपालिकाका ७ वटै वडामा पुस्तकालयका पदाधिकारी तथा कर्मचारीहरुले ३ दिन लगाएर राहत वितरण गरेकाे पुस्तकालयका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयाे । ‘कोभिड १९ को महामारीले समाजमा पारेको असर प्रति पुस्तकालयले पनि आफ्नो दायित्व सम्झेर थोरधेर सहयोग पुगोस् भनि यो कार्यक्रम आयोजना गरिएको हो,’ उहाँले भन्नु भयाे ‘दाताको सहयोग लक्षित वर्गमा सहि रुपमा पुगोस् भनि वडागत रूपमा तथ्यांक संकलन गरि वडा कार्यालयमै राहत वितरण कार्यक्रम गर्दा प्रभावकारी हुने भएकोले यस्तो व्यवस्था गरेका हौँ।’
शैक्षिक तथा सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरिरहेको मातृभूमि पुस्तकालयले आगामी दिनमा पनि यस्तै गतिविधिहरू सञ्चालन गर्नेमा वडाध्यक्षहरुले विश्वाश व्यक्त गरेका थिए ।

दैनिक ज्यालादारी मजदुर अति विपन्न ४० परिवारलाई खाद्यान्न लगायत स्वास्थ्य सामग्री, कोरोना संक्रमित ६० जनालाई पौष्टिक आहार, १०० जना एकल महिलालाई स्वास्थ्य सामग्री, ५५ जना अपाङ्गलाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार, ३० जना गर्भवती महिलालाई पौष्टिक आहार तथा स्वास्थ्य सामग्री, ५० जना आर्थिक अवस्था कमजोर भएका जेष्ठ नागरिकलाई पौष्टिक आहार तथा स्वास्थ्य सामग्री गरि कुल ३३५ जनालाई राहत उपलब्ध गराइएको हाे ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


