सुदुरपश्चिममा कयौ मानिस खोँच र नदिको बिच टापुमा रात बिताउदै, मौसमको प्रतिकूलताले उद्दार हुन सकेन ।
काठमाडौँ :
सुदुरपश्चिमका विभिन्न जिल्लामा कयौ मानिस खोँच र नदिको बिच टापुमा रात बिताउदैछन । मौसमको प्रतिकूलताले उनिहरुको नेपाली सेनाको हेलिकप्टरले पनि उद्दार गर्न सकेन ।
बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढीमा फसेका करिब ६० स्थानीयको उद्धारमा नगरी नेपाली सेनाको हेलिकप्टर फर्किएको छ ।उनिहरुको आज उद्दार हुन सकेन। कैलालीको मोहन्याल गाउँपालिका–४ खिमडीमा ठूलीगाडको दोभान बीचमा फसेका लोकबहादुर बुढामगर र उनकी श्रीमती वीरमादेवी बुढामगरको अझै पनि उद्दार हुन सकेको छैन।उनीहरूको उद्दारको लागि सेनाको हेलिकप्टरले प्रयास गरे पनि सम्भव हुन नसकेको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्। ‘त्यो खोंचजस्तो ठाउँ रहेछ, हेलिकप्टर ल्याण्ड गर्न सकिएन। भिजिबिलिटी कम भएर त्यहाँ उद्दारको काम आज हुन सकेन,’ उनले भनिन्।
दुई नदीका बीचमा अस्थायी खेती गर्ने उनीहरू टहरा बनाएर बस्दै आएका छन्। स्थानीय प्रहरी कार्यालयबाट सुरक्षाकर्मी उद्दारको लागि खटिएका छन्।‘त्यहाँ सुर्खेतबाट ठूलो हेलिकप्टर गएको थियो, मौसमको प्रतिकूलताका कारणले उडेको डेढ घण्टापछि फेरि फर्किनु पर्यो,’ उनले भनिन्।मन्त्री जोशीका अनुसार उद्दार गर्न प्रहरीको टोली परिचालित छ। रातिको समयमा हेलिकप्टरले उद्दार गर्न नसकिएकोले प्रहरीले सक्ने प्रयास गर्ने उनले बताइन्। बुधबार फेरि हलिकप्टरबाट उनीहरूको उद्दारको प्रयास हुनेछ।
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…