सुदुरपश्चिममा कयौ मानिस खोँच र नदिको बिच टापुमा रात बिताउदै, मौसमको प्रतिकूलताले उद्दार हुन सकेन ।
काठमाडौँ :
सुदुरपश्चिमका विभिन्न जिल्लामा कयौ मानिस खोँच र नदिको बिच टापुमा रात बिताउदैछन । मौसमको प्रतिकूलताले उनिहरुको नेपाली सेनाको हेलिकप्टरले पनि उद्दार गर्न सकेन ।
बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढीमा फसेका करिब ६० स्थानीयको उद्धारमा नगरी नेपाली सेनाको हेलिकप्टर फर्किएको छ ।उनिहरुको आज उद्दार हुन सकेन। कैलालीको मोहन्याल गाउँपालिका–४ खिमडीमा ठूलीगाडको दोभान बीचमा फसेका लोकबहादुर बुढामगर र उनकी श्रीमती वीरमादेवी बुढामगरको अझै पनि उद्दार हुन सकेको छैन।उनीहरूको उद्दारको लागि सेनाको हेलिकप्टरले प्रयास गरे पनि सम्भव हुन नसकेको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्। ‘त्यो खोंचजस्तो ठाउँ रहेछ, हेलिकप्टर ल्याण्ड गर्न सकिएन। भिजिबिलिटी कम भएर त्यहाँ उद्दारको काम आज हुन सकेन,’ उनले भनिन्।
दुई नदीका बीचमा अस्थायी खेती गर्ने उनीहरू टहरा बनाएर बस्दै आएका छन्। स्थानीय प्रहरी कार्यालयबाट सुरक्षाकर्मी उद्दारको लागि खटिएका छन्।‘त्यहाँ सुर्खेतबाट ठूलो हेलिकप्टर गएको थियो, मौसमको प्रतिकूलताका कारणले उडेको डेढ घण्टापछि फेरि फर्किनु पर्यो,’ उनले भनिन्।मन्त्री जोशीका अनुसार उद्दार गर्न प्रहरीको टोली परिचालित छ। रातिको समयमा हेलिकप्टरले उद्दार गर्न नसकिएकोले प्रहरीले सक्ने प्रयास गर्ने उनले बताइन्। बुधबार फेरि हलिकप्टरबाट उनीहरूको उद्दारको प्रयास हुनेछ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


