आइसिसी टी-२० विश्वकपमा पाकिस्तानको ऐतिहासिक जीत, भारतलाई १० विकेटले हरायो ।
काठमाण्डौ
आइसिसी टी-२० विश्वकपअन्तर्गत पाकिस्तानले भारतलाई हराएको छ। आइतबार दुबईमा भएको खेलमा भारतमाथि पाकिस्तानले १० विकेटको फराकिलो अन्तरको जित हात पारेको हो।
टी-२० र एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानलाई हराएको यो पहिलो पटक हो। यसअघि भारतविरुद्ध एकदिवसीय र टी-२० खेलेका कूल १२ खेलमा पाकिस्तान पराजित भएको थियो।
आइतबार भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाइ १७.५ ओभरमा पूरा गर्यो।
पाकिस्तानलाई लागि ओपनद्वय मोहमद रिजवानले नटआउट ७९ रन र बाबर अजामले नटआउ ६८ रन जोडे। रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का तथा बाबरले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १५१ रन जोड्यो।
भारतका लागि कप्तान विराट कोहलीले अर्धशतक प्रहार गरे। उनले ५७ रन जोडे। साहीन शाह अफ्रिदीको बलमा आउट हुनुअघि उनले ४९ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे। भारतका दुबै ओपनर सस्तैमा आउट भए। राहुल ३ रन र रोहित शून्यमा आउट भएका थिए। दुवैलाई पाकिस्तानका साहीन शाह अफ्रिदीले आउट गराएका थिए। सूर्यकुमार यादवले ११ रन , रिशव पन्तले ३९ रन , रवीन्द्र जडेजाले १३ रन र हार्दिक पाण्ड्याले ११ रन बनाए।
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…