फेरि सर्यो कांग्रेस महाधिवेशन : यस्तो छ नयाँ तालिका
काठमाडौँ : नेपाली कांग्रेसले महाधिवेशनको मिति चौथोपटक सारेको छ।
बुधबार बसेको निर्वाचन समितिको बैठकले कांग्रेसको सबै तहको अधिवेशनको कार्यतालिका हेरफेर गरेको हो।
निर्वाचन समितिका एक सदस्यका अनुसार अब कांग्रेस महाधिवेशन मंसिर २७ देखि ३० गतेसम्म गर्ने निर्णय भएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले मंसिरभित्रै अधिवेशन सक्ने गरी नयाँ कार्यतालिका ल्याउन निर्देशन दिएका थिए।
यसअघि मंसिर ९ देखि १२ गतेसम्म गर्ने कार्यतालिका तय भएको थियो। यस्तै तल्ला तहको विथोलिएको अधिवेशन कालिकालाई पनि कांग्रेस तोकेको छ।
अहिलेसम्म वडा अविधेशन नभएका १३ जिल्लामा कात्तिक २७ गते गर्ने निर्णय भएको छ।
पालिका तहको अधिवेशन कात्तिक ३० का लागि तोकिएको छ। मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ। अहिलेसम्म हिमाली र उच्च पहाडी १३ जिल्ला मात्रै जिल्ला अधिवेशन भएको छ।
निर्वाच समितिले मंसिर १६ र १७ गते प्रदेश अधिवेशनको मिति तय गरेको हो।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


