‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासललाई ।
पोखरा:
‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासल फुटसल क्लब पोखराले जितेको छ । पोखरामा शुक्रबार भएको फाइनल खेलमा घरेलु टोली स्पोर्ट्स क्यासलले शंखमूल फुटसललाई ४-२ को गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा क्यासलका तर्फबाट किशोर गुरुङले ह्याट्रिक गर्दै आफ्नो टिमको जित सुनिश्चित गरे । क्यासलकै विजय गुरुङले १ गोल गरे । यस्तै शंखमूलको तर्फबाट लक्ष्मण थापा मगर र मणि लामाले १/१ गोल गरेका थिए ।
बिहीबार दोस्रो क्वालिफायरमा शंखमूलले धरानको दी राइजिङ क्लबलाई अतिरिक्त समयमा पराजित गरी फाइनल तय गरेको थियो । क्यासल भने राइजिङलाई हराएर सिधै फाइनल पुगेको थियो ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


