राष्ट्रिय फुटबल टिमका खेलाडीलाई सरकारले जनही ५ लाख दिने ।

काठमाण्डौ:
सरकारले साफ च्याम्पियनसिप २०२१ को उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।मन्त्रिपरिषद्को हिजोको बैठकले खेलाडीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
पाली टिम माल्दिभ्समा भएको साफ च्याम्पियनसिप खेलेर सोमबार स्वदेश फर्किएको थियो। शनिबार भएको साफको फाइनलमा भारतसँग ३(० ले पराजित हुँदा नेपाल उपविजेतामा सीमित हुन परेको थियो। यस्तै नेपाली टिमका प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ उपलब्ध गराइने प्रवक्ता कार्कीले बताए। यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो। तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुक्यो। नेपालले यसअघि खेलेका १२ संस्करणमा एक पटक तेस्रो ९१९९३० हुँदा तीन पटक सेमिफाइनलबाट ९२०११, २०१३, २०१८० बाहिरिएको थियो। त्यसबाहेक ८ संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको थियो।

Facebook Comments Box
TOP