हास्य कलाकार मनोज गजुरेलले गरे बिहे
काठमाण्डाै : हास्य कलाकार मनोज गजुरेलले विवाह गर्नु भएको छ । उहाँले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग आज विवाह गर्नु भएको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफूहरुले विवाह गरेको जानकारी गराउनु भएको छ ।
बिहान डोलेश्वर महादेवको मन्दिरमा विवाह गरेको उहाँले बताउनु भएको छ । उहाँले लेख्नु भएको छ –‘एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ।’
कलाकार गजुरेलले मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेको भन्दै आफूहरुलाई शुभकामना र आशीर्वाद दिनेहरुलाई धन्यवाद भन्नु भएको छ ।
यस्तै, उहाँले आफ्नो निजी जीवनबारे कपोकल्पित समाचार नबनाउन पनि सञ्चारमाध्यमलाई आग्रह गर्नु भएको छ । यसअघि मीना ढकालसित विवाह गरेका गजुरेलको सम्बन्धविच्छेद भएको थियो ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


