हास्य कलाकार मनोज गजुरेलले गरे बिहे

काठमाण्डाै :  हास्य कलाकार मनोज गजुरेलले विवाह गर्नु भएको छ । उहाँले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग आज विवाह गर्नु भएको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफूहरुले विवाह गरेको जानकारी गराउनु भएको छ ।

बिहान डोलेश्वर महादेवको मन्दिरमा विवाह गरेको उहाँले बताउनु भएको छ । उहाँले लेख्नु भएको छ –‘एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ।’

कलाकार गजुरेलले मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेको भन्दै आफूहरुलाई शुभकामना र आशीर्वाद दिनेहरुलाई धन्यवाद भन्नु भएको छ ।

यस्तै, उहाँले आफ्नो निजी जीवनबारे कपोकल्पित समाचार नबनाउन पनि सञ्चारमाध्यमलाई आग्रह गर्नु भएको छ । यसअघि मीना ढकालसित विवाह गरेका गजुरेलको सम्बन्धविच्छेद भएको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP