गण्डकी साक्षर प्रदेश घोषणा,सङ्ग्रहालयमा राखियो स्तम्भ ।
पोखरा:
गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरामा एक समारोहका बिच गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्नु भएकाे हाे । पोखराको नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालयमा गण्डकीको साक्षर प्रदेशको स्तम्भ बनाइएको छ ।सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले गण्डकी प्रदेश सरकारसहित सबैलाई बधाई ज्ञापन गर्नु भयाे । यो कदमले अरू प्रदेश सरकार, नेतृत्वदायी वर्गलाई पनि यसले प्रेरणा दिने उहाँले बताउनु भयाे ।
“शिक्षामा थप कार्यक्रम ल्याउन, थप बजेटको व्यवस्था गर्न सकियोस्, सबैलाई साक्षरता बनाउन सकियोस्, सिंगो मुलुकलाई साक्षर बनाएर निरक्षरताको कलङ्क मेटाउने सरकारको उद्देश्य रहेको छ,” उहाँले भन्नुभयाे ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै दलले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने, संविधानको मर्मअनुसार काम गर्न र देशलाई नै साक्षर बनाउन सबै एकजुट हुनुपर्ने बतानउनु भयाे ।
गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह १५-६० को जनसङ्ख्याको ९५ प्रतिशतभन्दा बढी साक्षर भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


