गण्डकी साक्षर प्रदेश घोषणा,सङ्ग्रहालयमा राखियो स्तम्भ ।
पोखरा:
गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरामा एक समारोहका बिच गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्नु भएकाे हाे । पोखराको नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालयमा गण्डकीको साक्षर प्रदेशको स्तम्भ बनाइएको छ ।सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले गण्डकी प्रदेश सरकारसहित सबैलाई बधाई ज्ञापन गर्नु भयाे । यो कदमले अरू प्रदेश सरकार, नेतृत्वदायी वर्गलाई पनि यसले प्रेरणा दिने उहाँले बताउनु भयाे ।
“शिक्षामा थप कार्यक्रम ल्याउन, थप बजेटको व्यवस्था गर्न सकियोस्, सबैलाई साक्षरता बनाउन सकियोस्, सिंगो मुलुकलाई साक्षर बनाएर निरक्षरताको कलङ्क मेटाउने सरकारको उद्देश्य रहेको छ,” उहाँले भन्नुभयाे ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै दलले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने, संविधानको मर्मअनुसार काम गर्न र देशलाई नै साक्षर बनाउन सबै एकजुट हुनुपर्ने बतानउनु भयाे ।
गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह १५-६० को जनसङ्ख्याको ९५ प्रतिशतभन्दा बढी साक्षर भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


