गल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरु ।
वालिङ: स्याङ्जाको गल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरु गरिएको छ । गल्याङ नगरपालिकाको व्यवस्थापनमा वडा नं ३ बल्पुकमा सञ्चालन हुँदै आएको अस्पतालले पहिलो पटक दन्त उपचार सेवा सुरु गरेको हो ।
रोटरी क्लब अफ काठमाडौँ नर्थको पहलमा रोटरी क्लब अफ उक जिङजङ न्यू ताईपेय/ताईवान र रोटरी क्लब अफ आइआरडीको सहयोगमा दन्त उपचार सेवा सुरु गरिएको अस्पताल प्रशासक थानापति न्यौपानेले जानकारी दिए ।
रोटरी क्लबले मेसिन तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो भने कान्तिपुर डेन्टल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सेवा थालिएको उनले बताए ।

अस्पताल, रोटरी क्लब र कान्तिपुर अस्पतालबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौताअनुसार दुई वर्षसम्मको सञ्चालन तथा व्यवस्थापन रोटरी क्लब र कान्तिपुर डेन्टल अस्पतालले गर्ने तथा त्यसपछि अस्पतालले व्यवस्थापन गर्ने छ । सुरुआतका क्रममा कान्तिपुर डेन्टल अस्पतालले दुई दन्त विशेषज्ञ उपलब्ध गराएको छ ।
यसअघि दाँतका बिरामीले निजी क्लिनिकमा चर्को मूल्य तिर्नुपर्ने वा पाल्पा, पोखरा, वालिङलगायतका अस्पतालबाट सेवा लिँदै आएका थिए ।
स्थानीय अस्पतालले ठाउँ, कान्तिपुर डेन्टल शिक्षण अस्पतालले दक्षजनशक्ति र रोटरी क्लबले अन्य आवश्यक औंजार तथा उपकरण उपलब्ध गराउने सम्झौता भएको रोटरी क्लब अफ काठमाडौँ नर्थका पब्लिक ईमेज अध्यक्ष एवं कान्तिपुर डेन्टल शिक्षण अस्पतालका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


