गुडिरहेको बसमा आगलागी ।

धादिङ:

धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ।

सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

उनका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो। ‘बसको अधिकांश भाग जलेको छ। मानवीय क्षति भने भएको छैन,’ डिएसपी भण्डारीले भने,‘बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन्।’

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP