स्याङ्जाका प्रकाश पराजुलीको जोडी बन्यो दोहोरी च्याम्पियन ।

स्याङ्जा :
नेपाली मौलिकता बोकेको ‘दोहोरी च्याम्पियन’को विजेता प्रकाश पराजुली र मीना बुढाथोकीको समूह बन्न सफल भएको छ ।
यस्तै बालचन्द्र बराल र शोभा कार्कीको समूह द्वितीय भएको छ ।‘
प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ भएको रियालिटी शो दोहोरी च्याम्पियन’को फिनाले शनिबार पोखरामा भएको थियो ।
दर्शकको भोटको आधारमा दोहोरी च्याम्पियन छानिएको हो ।
‘दोहोरी च्याम्पियन’ बन्नेले उपाधि सहित २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेका छन् भने दोस्रो हुने समूहले १० लाख रुपियासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन् ।
बिजेता बनेका गायक पराजुलीकाे घर स्याङ्जाकाे वालिङमा हाे ।
Facebook Comments Box
TOP